‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन सम्बन्धी विधेयक २०८०’ प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनबाट पारित भई राष्ट्रपति कार्यालयमा पेस भएको सो विधेयक साउन १२ गते प्रमाणीकरण गरेको पत्र राष्ट्रिय सभालाई प्राप्त भएको हो । आइतबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेको पत्र राष्ट्रपति कार्यालयबाट प्राप्त भएको जानकारी दिएका हुन् ।
उनले भने ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट नेपालको संविधान धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण भएको देहाय बमोजिमको विधेयकको थान १ यसैसाथ पठाइएको ब्यहोरा अनुरोध छ । मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन सम्बन्धी विधेयक २०८० । प्रमाणीकरण मिति: २०८०/४/१२ ।’
अध्यक्ष तिमिल्सिनाका अनुसार सो विधेयक राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको हो ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + three =