त्रिशूलीमा दुईजना बेपत्ता

भरतपुर महानगरपालिका–२९ गाईघाटस्थित त्रिशूली नदीमा मुखधुने क्रममा खसेर दुई जना बेपत्ता भएका छन्।

वनभोज खान गएका उनीहरू दिउँसो साढे चार बजेतिर नदीमा बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय पण्डितका अनुसार बेपत्ता हुनेमा भरतपुर महानगरपालिका–१० सप्तगण्डकी चोकका ३० वर्षीय अर्जुन प्रधान र सोही ठाउँ बस्ने ३० वर्षीय प्रवीण श्रेष्ठ रहेका छन्।

हाल उनीहरूको खोजी भइरहेको उहाँले जानकारी दिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − six =