अनेरास्ववियुको आन्दोलनले पायो सार्थकता, इन्जिनियरिङको शुल्क तत्काल कार्यान्वयन नहुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल इन्जिनियरिङ कार्यक्रमको शुल्क तत्काल नबढाउन इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) लाई निर्देशन दिएका छन् ।

अवैज्ञानिक ढंगले शुल्क बढाइएको भन्दै विद्यार्थी संगठनहरूले विरोध गरेपछि प्रधानमन्त्रीले आईओईको निर्णय कार्यान्वयन नगराउन निर्देशन दिएका हुन् ।

आईओईले तोकेको नयाँ शुल्क समय सान्दर्भिक छ–छैन भनेर निर्क्योल् गर्न एउटा समिति गठन गर्न त्रिभुवन विश्वविद्यालयलाई प्रधानमन्त्रीले निर्देशन दिएको बताइएको छ ।

साथै आईओईलाई बजेट अभाव भए सरकारले सहयोग गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले दिएका छन् ।

आईओईले यसै शैक्षिक सत्रदेखि आफ्ना आङ्गिक क्याम्पसहरूमा लागू हुने गरी स्नातक (बी.ई.रबी.आर्क.) तहको नियमित शुल्क ३५ हजारबाट ८२ हजार र पूर्ण शुल्क तर्फ तीन लाख ३० हजारबाट सात लाख ७५ हजार पु¥याएको थियो ।

शुल्क घटाउन माग गर्दै नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले लगातार आन्दोन गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 5 =