त्रिशुलीमा बस खस्दा ८ जनाको मृत्यु
२०८० भदौ ६ गते

काठमाडौं । काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
धादिङका जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार दुर्घटनामा ८ जनाको मृत्यु भएको हो ।
मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन् ।
घाइते ८ जनाको उद्धार भएको छ । घटनाबारे विस्तृत विवरण आउँदै छ ।
२०८० भदौ ६ गते
प्रतिक्रिया
सम्बन्धित








