बुद्धनगरमा आतंक मच्चाएको भैँसीलाई हानियो ‘डार्ट गन’, मार हान्न खोज्दा भागेको हुनसक्छ !

काठमाडौँ । काठमाडौँको बुद्धनगरमा स्थानीयलाई त्रसित बनाएको भैँसीलाई बेहोस बनाउन ‘डार्ट गन’ प्रयोग गरिएको छ । ज्ञान निकेतन स्कुलभित्र पसेको भैँसीलाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालयको टोलीले ‘डार्ट गन’ प्रयोग गरेको हो ।

वन अधिकृत अशोक पराजुलीकाअनुसार अब केहीबेरमा भैँसी लठ्ठीएर बेहोस हुने र त्यसपछि नियन्त्रणमा लिइनेछ ।  डार्ट गन लागेपछि भैँसी उठेर स्कुल परिसरभित्र हिँडिरहेको छ । भैँसीले क्षति पुर्‍याउने सक्ने भएकाले सशस्त्र र नेपाल प्रहरीको टोलीले निगरानी गरिरहेका छन् ।

भैँसीको दाहिने सिङ भाँचिएको छ । कसैले मार हान्न खोजेको अवस्थामा सो भैँसी भागेको हुनसक्ने प्रहरी वृत बानेश्वरका डीएसपी निशान्त श्रीवास्तवले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =