थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन स्वदेश फर्किनासाथ जेल चलान
२०८० भदौ ५ गते

एजेन्सी । थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा निर्वासनको १५ वर्षपछि स्वदेश फर्किएका छन् ।
मंगलवार उहाँ आफ्नो परिवारको साथमा एक निजी विमानमार्फत बैंकको डोन मुआङ अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन । सो क्रममा उनले विमानस्थलमा आफ्ना समर्थकहरुसँग भेट गरेका थिए ।
थाक्सिन सन् २००१ देखि २००६ सम्म थाइल्याण्डको प्रधानमन्त्री बनेका थिए । तर उहाँ २००८ देखि भने विदेशमा बस्दै आएका थिए । थाइल्याण्डको अदालतले उनलाई ८ वर्षको जेल सजाय तोकेको थियो ।
सिनावात्राले भने अदालतको फैसला राजनीति प्रेरित भएको बताउँदै आएका थिए । उपप्रधानमन्त्री विसानु क्रे नगामले यसअघि नै थाक्सिनलाई कानूनी प्रक्रिया अघि बढाएर स्वदेश फर्किनसाथ जेल पठाइने बताएका थिए ।
सो कानूनी प्रक्रियाअनुसार उनलाई विमानस्थलबाटै पक्राउ गरी जेल पठाइएको हो ।
२०८० भदौ ५ गते
प्रतिक्रिया
सम्बन्धित








