समाजवाद उन्मुख अर्थतन्त्रबारे सबै राजनीतिक दलले बहस गर्न जरुरी : प्रदीप ज्ञवाली

कठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले समाजवाद उन्मुख अर्थतन्त्रबारे सबै राजनीतिक दलहरुले बहस गर्न जरुरी रहेको बताएका छन् ।

स्कुल अफ डेमोक्रेसीले सोमबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले राजनीतिक दलहरुले सत्तामा नभई संविधानले व्यवस्था गरेको समाजवाद उन्मुख अर्थतन्त्रबारे बहस गर्न केन्द्रित हुनुपर्ने बताएका हुन् । उपमहासचिव ज्ञवालीले आजको समाजवादबारे सार्थक बहस गर्न स्वर्गीय प्रदिप गिरीको चिन्तन उपयोगी हुने विश्वास समेत व्यक्त गरे ।

उनले नेपाली राजनीतिमा बौद्धिकताको खडेरी परिरहेका बेला स्वर्गीय गिरीले दिएकाको अभिव्यक्ति, लेखहरु नेपालको समाजवाद उन्मुख अर्थतन्त्रलाई अगाडि बढाउन मार्ग निर्देश हुने समेत बताए । उपमहासचिव ज्ञवालीले नेपालका राजनीतिक नेतृत्वमा स्खलन आइरहेका बेला पनि स्वर्गीय गिरीको असाध्यै आदर्शवान व्यक्तित्व रहेको स्मरण गरे ।

उपमहासचिव ज्ञवालीले प्रदीप गिरीको आर्दश र विचारले मुलुकको राजनीतिलाई निर्देश गरिरहेको दाबी समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *