पत्रकार डिल्लीप्रसाद आचार्यको निधन
२०८० भदौ २ गते

काठमाडौँ । पत्रकार, लेखक एवम् पूर्व प्रशासक डिल्लीप्रसाद आचार्यको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा गए राति काठमाडौँमा निधन भएको हो ।
पत्रकार आचार्य लामो समयदेखि अल्जाइमर्स रोगबाट पीडित थिए । विसं १९९४ मङ्सिर आठ गते बागलुङको रामरेखामा जन्मिनुभएका आचार्यले लामो समय पत्रकारिता गरेका थिए । उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको पत्रकार नारायण सापकोटाले जानकारी दिए । उनका श्रीमती, तीन छोरा र दुई छोरी छन् ।
२०८० भदौ २ गते
प्रतिक्रिया
सम्बन्धित










