आज शुक्रबार : देशभरका घटना अपडेट

अवैध लागू औषधसहित दुई जना पक्राउ
तनहुँ : आबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट अवैध लागूऔषध गाँजा १ केजी २ सय २० ग्रामसहित व्यास नगरपालिका-१० बस्ने १७ वर्षीय र १८ वर्षीय २ जना किशोरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग.३प ७१४३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागू औषधसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
धनकुटा : छथरजोरपाटी गाउँपालिका-२ सल्ले बस्ने २४ वर्षीया लक्ष्मी तोलाङ्गी आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
प्युठान, प्युठान नगरपालिका-८ उपल्लो दम्ती बस्ने ४२ वर्षीया केशरी कुमाल आफ्नै घर नजिक गोरेटो बाटोमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
रूपन्देही, बुटवल उपमहानगरपालिका-१० स्थित जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४३ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
दाङ : राप्ती गाउँपालिका-३ मौरिघाटस्थित आर्थिक मामिला मन्त्रालयको आइटी रुममा ब्याट्रीको तार सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा १२ भोल्टको ४ थान ब्याट्री, यूपियस २ थान, सरवर, सिसिटिभी रेकर्डर १ थान, नेटको राउटर २ थान, एमसिबि तार पूर्णरूपमा जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
विभिन्न धनमाल चोरी
काठमाडौँ : काठमाडौँ महानगरपालिका-२८ बागबजारस्थित कुमार फुयाँलको गणेश अपसेट प्रेस (छापाखाना) बाट सटरको ताला फोडी करिब २० लाख रुपैयाँ बराबरको प्रेसमा कागजमा लगाउने आल्मोनियमको प्लेट १ हजार ५ सय पिस गएराति चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।










