पूर्वप्रधानमन्त्रीहरु परेपछि गठबन्धनले ललिता निवास प्रकरण सामसुम पार्ने निर्णय गर्‍यो : लिङदेन

यो सरकार देशमा अकण्टक लुट मच्चाउने योजनामा छ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले बालुवाटार जग्गा प्रकरणबारे सत्तारुढ पार्टीका बैठकमा घटना सामसुम पार्ने निर्णय भएको दाबी गरेका छन् ।

शुक्रबार भक्तपुरमा आयोजित चाँगुनारायण नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रीपरिषद्को अध्यक्षता गर्ने व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धानको आदेश दिए पनि सत्ता गठबन्धनले घटना सामसुम बनाउने निर्णय गरेको बताए । उनले सरकारलाई भ्रममा राखेर अहिले सरकारले ठुला भ्रष्टाचार विरुद्धका काम गरेँ भनेर दंगा पिटेको बताए । उनले सरकार यसरी नै चलिरहने हो भने २०८४ सालको निर्वाचन नआउने दाबी गरे ।

लिङदेनले ललिता निवास जग्गा प्रकरणबारे अनुसन्धान गर्न बाध्य बनाएका प्रहरी अधिकृतहरूलाई घटना सामसुम बनाउन सरकारले सरुवा गर्न लागेको बताए । उनले नेपाल आज शक्ति देशको प्रतिस्पर्धा स्थल बनिरहेको बताए । उनले सरकार एकातिर भ्रष्टाचारविरुद्ध कारबाही गरेको जस्तो देखाउने र अर्कोतिर भ्रष्टाचारीको संरक्षण गरेर सरकार टिकाउने काममा लागेको बताए ।

लिङदेन भन्छन्, ‘आज हेर्नुहोस् देशको अवस्था कस्तो छ, हामी मिसन ०८४ भन्छौँ । कति पार्टीहरू मिसन ०८४ भनेर कुदिरहेका छन् । देशको यही अवस्था निरन्तर रूपमा रही रहने हो भने त्यो ०८४ नआउन सक्छ । चुनावै नआउन सक्छ । आज भ्रष्टाचार कुन ढङ्गले बढेर गइरहेको छ । आज महँगी कुन ढङ्गले बढी रहेको वैदेशिक हस्तक्षेप, बेरोजगारी कुन ढङ्गले बढी हरेको छ ? तपाई कल्पना गर्नुहोस् । यही स्थिति छोडिरहने हो भने ०८४ को चुनाव आउला ? नेपाल आज शक्ति देशको प्रतिस्पर्धा स्थल बनिरहेको छ । कुनै पनि बेला शक्ति राष्ट्रको द्वन्द्वको सिकार बन्न सक्छ । आज सरकार मस्त निन्द्रामा छ । केही खरदार सुब्बा र मानिसलाई जेल हालेर ठुलै भ्रष्टाचारको विरुद्ध काम गरेँ भनेर सरकार दंगा पिटिरहेको छ । केही मानिसमा भ्रम पनि होला, यो सरकार ठुलै काम गर्न लाग्यो कि के हो भनेर । आज आदेशअनुसार काम गर्ने ? आफ्नो पैसा लगानी गरेर जग्गा किन्ने मानिसलाई कारबाही गर्ने, थुनामा राख्ने सरकारले आदेश दिने, मन्त्रीपरिषद्को अध्यक्षता गर्ने मानिसलाई किन थुन्न सकेन । अदालतले अस्ति भर्खर आदेश दियो । त्यो आदेश तामेल गर्ने, पैस लगानी गरेर जग्गा किन्ने मानिसलाई होइन, आदेश दिने र मन्त्रीपरिषद्को अध्यक्षता गर्ने मानिसलाई पक्राउ गर् भनेको छ । खै सरकार ? यदी यो सरकार भ्रष्टाचारको विरुद्ध इमानदार थियो भने त्यहाँ किन पुगेन ? सत्तारुढ पार्टीका बैठकमा तैँ चुप मै चुपको निर्णय भएको छ । जे भयो यत्तिमै राख्ने निर्णय भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेको छानबिन पछि पनि १८ जना मानिसले उजुरी दिएका छन्, त्यो अनुसन्धान अघि बढाउने हो भने अरू ठालु पक्राउ पर्नेछन् । अस्तिको अनुसन्धानको जिम्मा लिएर सरकारलाई त्यो फाइल अघि बढाउन जसले बाध्य बनायो ती प्रहरी अधिकारीहरूलाई दुई तीन दिन भित्र सरुवा गर्दैछ । त्यो फाइल सामसुम पार्ने योजना छ । एकातिर भ्रष्टाचारविरुद्ध कारबाही गरेको जस्तो देखाउने र अर्कोतिर भ्रष्टाचारीको संरक्षण गरेर सरकार टिकाउने काम भइरहेको छ । देशमा अकण्टक लुट मच्चाउने योजना बनेको छ ।’

लिङदेनले सरकार देशमा अकण्टक लुट मच्चाउने योजना बनाइरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + eighteen =