सर्पले डसेर एक वृद्धाको मृत्यु

राजेन्द्र विश्वकर्मा

काठमाडौँ । सर्पको डसाइबाट सर्लाहीमा एक बृद्व महिलाको मृत्यु भएको छ। मृत्यु हुने महिला जिल्लाको लालबन्दी नगरपालिका १० कि ६० बर्षिय इन्द्रमाया श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

श्रेष्ठलाई गए राति घरमा सुतेको अवस्थामा सर्पले डसेकाे र त्यसपछि तत्काल उपचारको लागि जिल्लाको नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

अहिले मृतक महिलाको शव परिक्षणका लागि जिल्ला सदरमुकामस्थित प्रादेशिक अस्पतालमा लगिएको र यस घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारि कैलाश राईले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *