हवाई डढेलोमा मृतकको संख्या बढेसँगै सरकारको आलोचना
२०८० साउन ३२ गते

एजेन्सी । अमेरिकाको माउई जंगलमा लागेको डढेलोबाट मृत्यु हुनेको संख्या मंगलवार साँझसम्म १०६ पुगेको छ । हवाई राज्यको जंगलमा लागेको डढेलोबाट मृतकको संख्या बढ्दै गएपछि सरकारको आलोचना शुरु भएको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले डढेलोबाट क्षति पुगेका परिवारलाई प्रति परिवार ७ सय डलरको सहयोग गरेसँगै सरकारको आलोचना शुरु भएको हो । आलोचकहरुले उक्त सहायता रकम अपमानजनक भएको बताएका छन् । संघीय आपत्कालीन व्यवस्थापन एजेन्सी (फेमा) ले हवाईका बासिन्दाहरुलाई सहयोग गर्न ३ सय फेमा कर्मचारी र १४० खोज तथा उद्धार टोली खटाएको बताएको छ ।
२०८० साउन ३२ गते
प्रतिक्रिया
सम्बन्धित








