पूर्वअर्थमन्त्री खतिवडा भन्छन्– युवालाई भविष्यप्रति आशावादी बनाउँदै विदेशिन रोक्नु पर्छ

काठमाडौँ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले युवालाई भविष्यप्रति आशावादी बनाउँदै ९ लाख युवालाई विदेशी जान रोक्नु प्रमुख प्राथमिताको विषय भएको बताएका छन् ।

बुधबार काठमाडौंमा भएको उद्यमशील युवा सिर्जनशील युवा सम्मेलनमा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् । उनले उद्यमशीलतालाई प्रोत्साहन गरी युवाहरुलाई उद्यमसिलतामा कसरी जोड्ने भन्ने विषयमा राज्यले सोच्नुपर्ने बेला आएको बताए । उनले युवाहरुलाई भविष्यप्रति आशा जगाएर उद्यमशीलतामा लगाउन आवश्यक रहेको बताए ।

पूर्वअर्थमन्त्री खतिवडाले उद्यमशिलता अरुले सिकाएर नआउने भन्दै युवाहरु भित्रबाट आउनुपर्ने बताए । उनले उद्यमशीलता व्यक्तिको अन्तरनिहीत गुण भएकाले आयात गरेर वा सिकेर नहुने बताए । जोखिम लिएर व्यवसाय गर्ने र अरुलाई उदाहरण दिन सक्नेगरी नेतृत्व गर्नसक्ने क्षमता आफूभित्रबाट विकास गर्नु उद्यमशिलता भएको उनको भनाइ छ । परम्परागत रुपमा गर्दै आएको काम निरन्तरता भइरहेको नेपालमा भर्खरै उद्यमशिलताको विकास हुन थालेको बताए । उनले अहिले विकास भएका उद्यमसिलता रैथाने किसिमका कम र बाहिरको सिको गरेर गर्ने धेरै रहेको बताए । अब युवाहरुले आफ्नो क्षमताले सम्भावनाको आधारबाट उद्यमशिलता विकास गर्न आवश्यक रहेको उनको भनाइ छ । व्यवसाय गर्दा सानोबाट नै ठूलो हुने भन्दै युवाले गरेको इनोभेशन अरु भन्दा फरक बन्न सक्नुपर्ने बताए ।

उनले भने, ‘उद्यमशीलता कहाँबाट आउँछ । त्यसलाई प्रोत्साहन कसले गर्छ । उद्यमसिलताका आधारभूत तथ्यहरु के हुन् । युवाहरुलाई हामीले उद्यमसिलतामा कसरी जोड्नसक्छौँ । भविष्यको आशा कसरी जगाउन सक्छौं । करिव ९ लाख युवामा कसरी आशा जगाउन सकिन्छ र कसरी उनीहरुलाई रोक्न सकिन्छौं आजको विषय त्यो हो । उद्यमसिलता आफूभित्रबाट आउँछ । सबैमा आउँदैन । उद्यमशीलता भनेको व्यक्तिमा अन्तरनिहीत गुण हो । यो आयात गरेर वा सिकेर पनि हुँदैन । त्यो जोखिम लिएर व्यवसाय गर्ने अरुलाई उदाहरण दिन सक्ने गरी नेतृत्व गर्न सक्ने क्षमता आफूभित्रबाट विकास गर्ने हो । उद्यमसिलता युवाहरुले आफूबाट शुरु गर्नुपर्छ । अध्ययन गर्दा गुरुहरु,अग्रज र परिवारबाट के सिप सिक्यौं त्यो महत्वपूर्ण हुन्छ । हामी युवाहरुलाई परम्परागत रुपमा गर्दै आएको काम गर्ने थियो । अहिले भखरै उद्यमशिलता सिकाउँदै आएका छौं । अहिले विकास भएका उद्यमसिलता रैथाने किसिमका कम र बाहिरको सिको गरेर गर्ने धेरै छन् । अब हामीले हाम्रो क्षमताले हाम्रो सम्भावनाको आधारबाट उद्यमसिलता विकास गर्नु आवश्यक छ । व्यवसाय गर्दा सानो बाट नै ठूलो हुँदै जाने हो । त्यो बीचमा युवाले गरेको इनोभेशनले अरु भन्दा फरक बन्न सक्नुहुन्छ ।’

त्यस्तै,राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले २०७५ सालदेखि युवा उद्यमीहरुलाई बैंकहरुले सहुलियतपूर्ण कर्जाको माध्यमबाट अगाडि बढाउन कोसिश गरिरहेका बताए । उनले युवालाई बैंकले उच्च प्रथमिकतामा राखेर युवा उद्यमी कार्यक्रम सञ्चालन गरिरहेको बताए । बैंकले विगतमा युवालक्षित ७ वटा कर्जा योजना ल्याएकोमा अहिले १० वटा बनाएको उल्लेख गरे ।

उनले अध्ययन सकेर नयाँ उद्यमशीलता गर्छु भन्नेहरुलाई बिना धितो लगानी पाउन चुनौती रहेको बताए । उनले विनाधितोको चुनौतीलाई आधार मानेर १० प्रकारकार कर्जा योजना ल्याएको विशेष गरी उत्पादन र रोजगारलाई जोड्ने श्रम बजारलाई उपयोग गर्ने रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *