बालुवाटार जग्गा प्रकरणमा पूर्व मुख्यसचिव पौडेलले सीआईबीमा पुगेर दिए बयान

बालुवाटार जग्गा प्रकरणमा पूर्व मुख्य सचिव लिलामणी पौडेलले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा पुगेर बयान दिएका छन्।

आइतबार पौडेलले सीआईबीमा पुगेर दिउँसो बयान दिएको सीआईबी श्रोतले जनाएको छ।

चीनका लागि पूर्वराजदूत समेत रहेका पौडेल बाबुराम भट्टराई प्रधानमन्त्री हुँदाको निर्णयमा संलग्न थिए। २०६९ साउन २२ गतेदेखि २०७२ साउन २१ गतेसम्म मुख्यसचिव भएका पौडेल डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०६९ असोज १८ को मन्त्रिपरिषद्को निर्णयका कारण जोडिएका हुन्।

सर्वोच्च अदालतले उच्च तहसम्म अनुसन्धान गर्न आदेश दिएपछि सीआईबीले उच्च तहका कर्मचारीलाई बयानमा बोलाएको हो। यस्तै दुई पूर्व प्रधानमन्त्रीहरु बाबुराम भट्टराई र माधव नेपाललाई पनि बयानमा बोलाउने सीआईबीको तयारी छ।

सर्वोच्चले नीतिगत निर्णयमा संलग्नलाई अनुसन्धान नगरेको भन्दै प्रश्न उठाएको थियो। त्यसलगतै तीन मन्त्रीविरुद्ध सीआईबीले पक्राउ अनुमति लिएको थियो। तर हालसम्म पक्राउ भने गरेको छैन।

सोमबारको शीर्ष नेताको बैठकमा पनि बालुवाटार जग्गा प्रकरणमा के कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल भएको थियो। छलफलमा माधव नेपाल पनि संलग्न थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + eighteen =