बरामद सुन जोख्न भन्दै सीआईबीको पत्र टक्सार महाशाखालाई
२०८० साउन २९ गते

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर २ साउनमा बरामद भएको करिब एक क्विन्टल सुन जोख्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल राष्ट्र बैंकको टक्सार महाशाखालाई पत्र पठाएको छ ।
टक्सार महाशाखाका अनुसार सुन जोख्ने प्रक्रिया अब सुरु हुने बताइएको छ ।
महाशाखाले सुनसहितको १५५ किलो तौल भएको ‘ब्रेक शु’ २ साउनमा बरामद गरेको थियो ।
सुरुमा उक्त प्रकरणको अनुसन्धान राजस्व अनुसन्धान विभागले गरेको थियो । त्यसपछि उक्त प्रकरणमा छानविन गर्न सीआईबीलाई जिम्मा दिएको थियो ।
२०८० साउन २९ गते
प्रतिक्रिया
सम्बन्धित








