अर्थमन्त्री महत र नेपाल बैंकर्स संघबीच बैंकको ब्याजदर घटाउने विषयमा छलफल

अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाल बैंकर्स संघसँग बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई लयमा ल्याउने विषयमा छलफल गरेका छन्।

आईतवार मन्त्रालयमा बैंकर्स संघका पदाधिकारीसहित वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग बैंकको ब्याजदर कम गर्ने विषयमा छलफल गरेका हुन्।

मन्त्री महतले बैंकका सिइओहरुसँग अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रले पु¥याउनुपर्ने योगदानको विषयमा जानकारी गराएका छन्।

छलफलपछि नेपालसँग कुरा गर्दै बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकिङ क्षेत्रका समस्या समाधान गरी अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रको मनोबल माथि कसरी उठाउन सकिन्छ भन्ने विषयमा कुराकानी भएको बताए।

उनले पछिल्लो समय बैंकको ब्याजदर कम हुँदै गएपनि अझै कम कसरी गर्न सकिन्छ भन्ने विषयमा अर्थमन्त्री महतले चासो राखेको बताए। पछिल्लो समय अर्थतन्त्रका केही सूचकहरुमा सुधार हुँदै गएको र बैंकहरुमा तरलता पनि केही सहज हुँदा समेत निजी क्षेत्रको मनोबल बढाएर अर्थतन्त्र चलायमान कसरी बनाउने विषयमा छलफल केन्द्रित भएको बताए।

अर्थतन्त्रलाई बैंकिङ क्षेत्रले कसरी सकारात्मक बाटोमा लैजाने भुमिका खेल्नुपर्ने देखिएको भन्दै सबैलाई सकारात्मक सन्देश दिन आवश्यक रहेको बताए। उनले पछिल्लो समय बैंकको ब्याजदर आफै पनि बिस्तारै घट्दै गइरहेको बताए। केही सयम अघि कर्जाको रेटहरु १३ प्रतिशत भन्दा माथि भए पनि अहिले १२.३ प्रतिशतमा आएको पनि उनले बताए।

उनले भने, ‘पछिल्लो समय अर्थतन्त्रका केही सूचकहरुमा सुधार हुँदै गएको छ । विशेष गरी वित्तीय क्षेत्रमा । बैंकहरुमा तरलता पनि केही सहज हुन खोजेको छ । तर पनि निजी क्षेत्रको मनोबल बनाउन र अर्थतन्त्र चलायमान हुन नसकेको अवस्थामा बैंकिङ क्षेत्रमा कस्ता समस्या छन् । के गर्दा अर्थतन्त्रलाई चलामान र निजी क्षेत्रको मनोवल माथि उठाउन सकिन्छ भन्ने विषयमा कुराकानी भयो । अर्थतन्त्रलाई बैंकिङ क्षेत्रले कसरी सकारात्मक बाटोमा लान सकिन्छ भन्ने विषयमा बैंकका कार्यकारी प्रमुखहरुसँग छलफल गर्नुभयो । विशेषगरी बाहिर सकारात्मक सन्देश दिन आवश्यक छ । सकारात्मक सन्देश कसरी दिने भन्ने कुरामा पनि छलफल भयो । पछिल्लो समय बैंकको ब्याजदर आफै पनि बिस्तारै घट्दै गइरहेको अवस्था हो । केही सयम अघि पिकमा पुगेको ब्याजदर र कर्जाको रेटहरु १३ प्रतिशत भन्दा माथि भएको अवस्थामा अहिले आएर १२.३ प्रतिशतमा पुगेको अवस्था छ । त्यसको निरन्तरता कसरी दिने भन्नेकुरा छ । बैंकको ब्याजदर निरन्तर घट्ने क्रम जारी छ । बैंकको वेस रेट ११ प्रतिशत पुगेको अहिले १०.०३ मा छ । त्यो कुरा पनि मन्त्रीज्युलाई जानकारी गरौं । पछिल्लो समय स्पेडदर ०.५ मात्रै घट्दा बैंकिङ क्षेत्रले २५ अर्ब रुपैयाँ बाहिर जाने अवस्था छ । बैंकको ब्याजदरलाई एक लेभलमा कसरी घट्नसक्छ भन्ने विषयमा छलफल भयो ।’

अध्यक्ष केसीले बैंकको ब्याजदर कम गर्ने कुरालाई निरन्तरता दिनुपर्ने विषयमा छलफल भएको बताए। उनले बैंकको वेस रेट ११ प्रतिशतबाट घटेर १०.०३ मा झरेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *