कैदी हत्या : असईलाई ५ दिन हिरासतमा राख्न र जेलर पक्राउ गर्न अनुमति

संखुवासभा कारागारमा भएको कैदी हत्या प्रकरणमा पक्राउ परेका प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरीलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

आइतबार जिल्ला अदालतले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता प्रहरी निरीक्षक सरोज खनालले बताए।

साउन २४ गते राति १ः२० बजेको समयमा संखुवासभा कारागारमा कैद भुक्तान गरिरहेका संखुवासभाको मादी नगरपालिका ५ फेलेदैका २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका ७ का २७ वर्षीय आकाश बलामीको मृत्यु भएको थियो।

घटनापछि मृतकका परिवारले चौधरी र कारागारका प्रमुख राजेन्द्र घिमिरेविरुद्ध किटानी जाहेरी दिएका थिए। जिल्ला प्रहरी कार्यालयले जाहेरी दर्ता गरेर अनुसन्धान अगाडी बढाएको छ।

यस्तै जेलर घिमिरेलाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + seventeen =