मन्त्री अमनलाल मोदीलाई माओवादीले फिर्ता बोलायो

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीबाट मन्त्रिपरिषद्मा सहभागी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइबार बसेको पार्टीको बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

जनमत पार्टीलाई सरकारमा लान माओवादीले मन्त्री मोदीलाई फिर्ता बोलाएको हो । अब जनमत पार्टीकी नेतृ अनिता देवी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्ने तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *