धनुषाको मिथिला विहारी नगरपालिका कार्यालयमा अख्तियारको छापा

जनकपुरधाम । धनुषाको मिथिला विहारी नगरपालिकाको कार्यालयमा अख्तियारले छापा मारेको छ ।

व्यापक भ्रष्टाचार भएको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले नगरपालिकामा छापा मारेको हो ।

अख्तियारका अधिकारीहरु करिब दुई घण्टादेखि नगरपालिकाको कार्यालयमा छन् । अहिले बाहिरका व्यक्तिलाई भित्र पस्न दिएको छैन् । उनीहरुले उजुरी परेको विषयसंग सबन्धित कागजात कर्मचारीसंग मागेको स्रोतले जनाएको छ ।

नगरपालिकामा जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम, शिपमूलक तालिम, स्ट्रीट लाइट र चापाकल जडान, फर्निचर खरिद, इन्धन तथा सवारी ममर्त लगायतको शिर्षकमा करोडौं भ्रष्टाचार भएको उजुरी अख्तियारमा परेको छ ।

अख्तियारको टोली छापा मार्न आएको थाहा पाएपछि नेकपा एमालेका स्थानीय नेता धर्मनाथ यादवले ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्दै प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *