अमनलाललाई फिर्ता गरेर अनितादेवीलाई मन्त्री बनाउने प्रचण्डको तयारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका अमनलाल मोदीलाई फिर्ता बोलाउने तयारी गरेका छन् ।

मोदीलाई फर्ता गरेर उनको ठाउँमा जनमत पार्टीकी अनितादेवी साहलाई मन्त्री बनाउने उनको तयारी छ । जनमत पार्टीलाई सरकारमा सामेल बनाउने प्रधानमन्त्री प्रचण्डले यस्तो जुक्ति निकालेका हुन् । आइतबार नै जनमत पार्टीकी साहलाई मन्त्री मण्डलमा सामेल गरेर शपथ खुवाउने समेतको तयारी रहेको प्राधनमन्त्रीको सचिवालय स्रोतले बताएको छ ।

चितवनमा रहेका प्रचण्ड काठमाडौँ फर्किन ढिला भएसँगै मन्त्री नियुक्ति र सपथको कार्यक्रमसमेत सरेको बताइएको छ । सपथका लागि राष्ट्रपतिलाई समेत पत्राचार गरिसकिएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *