दुई कैदी हत्या प्रकरण : जेलर र असईविरुद्ध किटानी जाहेरी

जिल्ला कारागार सङ्खुवासभामा दुई कैदीको हत्या भएको घटनामा संलग्न रहेको भन्दै जेलर र कारागार सुरक्षामा खटिएका असईविरुद्ध किटानी जाहेरी दर्ता भएको छ।

जेलर राजेन्द्र घिमिरे र प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरीविरुद्ध कारागारभित्रै २ जना कैदीको हत्या गरेको आरोप लागेको हो।

जिल्ला कारागार सङ्खुवासभामा कैद सजाय भुक्तान गरिरहेका सङ्खुवासभाको मादी नगरपालिका– ५ का विनोद तोलाङगी र नुवाकोटको ककनी गाउँपालिका–७ का आकाश बलामीको कारागारमै बुधबार बिहान मृत्यु भएको थियो ।

जेलबाट भाग्न लागेको भन्दै उनीहरुमाथी कुटपिट भएको र त्यसक्रममा मृत्यु भएको थियो। कुटपिट गरेर हत्या गरिएको सीसीटीभी फुटेजमा समेत देखिएको छ। फुटेजका आधारमा असईसहित १० प्रहरीमाथी पनि छानविन भइरहेको छ।

कारागार प्रशासनले त्यतिबेला भने कुटपिटमा ९ जना कैदी नै संलग्न रहेको र उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा सारिएको जनाएको थियोृ।

गृह मन्त्रालयले कारागार व्यवस्था विभागका निर्देशक कमल प्रसाद पाण्डेको संयोजकत्वमा छानबिन समिति बनाएको छ। यस्तै कोशी प्रदेश प्रहरी कार्यालयबाट पुगेको टोलीले पनि घटनाको छानविन गरिरहेको छ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 7 =