पोखराबाट काठमाडौं आउँदै गरेको माइक्रोबस धादिङमा दुर्घटना
२०८० साउन २३ गते

पोखराबाट काठमाडौं तर्फ जाँदै गरेको माइक्रोबस दुर्घटना भएको छ।
मंगलबार धादिङको गजुरी गाउँपालिका–६ बाङ्गेमोडमा उक्त हायस दुर्घटनामा परेको छ। दुर्घटनामा चालकसहित १२ जना घाइते भएका छन्।
तीव्र गतिमा रहेको बा २ ख ४५६७ नम्बरको हायस अनियन्त्रित भई सडक छेउमा पल्टिएको प्रहरीले जनाएको छ।
छ जना गम्भीर घाइते छन्। गम्भीर घाइते ६ जनालाई नै काठमाडौं पठाइएको छ।
सामान्य घाइतेको गजुरीका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। माइक्रोबसमा दुई जना बच्चासहित १६ जना सवार थिए।
२०८० साउन २३ गते
प्रतिक्रिया








