नक्कली नोट सहित ३ जना सशस्त्र प्रहरिको नियन्त्रणमा

काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका वडा नं ५ गोलढुङ्गा नगिनी खोला आगडि बाट मंगलबार सांझ सशस्त्र प्रहरी बलले नक्कली नोट सहित ३ जनालाइ नियन्त्रणमा लिएको छ।

सो ठाउँमा हिम्मत बमको घरको भुइँतलामा भाडामा बस्ने खोटाङ जिल्ला दिप्रुङ गाउँपालीका ५ का लक्ष्मी पाण्डे, लमजुङ दोर्दि गाउँपालीका २ का सुवास गुरुङ र रामेछाप गोकुल गंगा गाउँपालीका १ का मदन दमाई गरि ३ जना नक्कली नोट सहित पक्राउ परेका हुन्।

उनिहरुको डेरा कोठाबाट नेपाली रूपैया एक हजारको १ सय ८२ थान नक्कली नोट र नोट बनाउन प्रयोग हुने कागज २ सय थान बरामद भएको छ।

यसैगरि मोबाइल ४ थान , सिमकार्ड १०थान र २२० सिसिको बा६५प ९०२७ नम्बरको पल्सर मोटरसाइकल समेत बरामद भएको छ। नोट छाप्न प्रयोग हुने मेसिन फेला नपरेकोले अन्यत्रबाट नक्कली नोट बनाएर त्यहाँ ल्याइ राखेको हुन सक्ने आशंका गरिएको छ। उनिहरुलाई बरामद सामान सहित आबश्यक कारबाहिको लागि स्थानिय प्रहरिलाइ बुझाइएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − six =