मनोहरा खोलाको बीच भागमा अड्किएका राईको सकुशल उद्वार
२०८० साउन २३ गते

अविरल वर्षाको कारण भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका ९ र काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका ७ जोड्ने मनोहराखोला पुलको बीच भागमा अड्किएका एक व्यक्तिको साउन २३ गते सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।
खोटाङ्ग जिल्लाको बतासे गाउँपालिका १ बस्ने ५१ वर्षिय किरण राई सो खोलामा आएको बाढीको कारण पुलको बीच भागमा रहेको पिल्लर माथिको स्ल्यावमा अड्किएका थिए ।
नं २२ गुहेश्वरी गण भक्तपुरबाट विपद् उद्वार सामाग्रीसहित खटिएको टोलीले उनको सकुशल उद्वार गरेको हो।
२०८० साउन २३ गते
प्रतिक्रिया
सम्बन्धित








