काठमाडौँका अधिकांश नदी कोरिडोरको बाटो अवरुद्ध

काठमाडौँ । गएरातिदेखि परेको पानीका कारण खोला कोरिडोरलगायतका स्थानहरूको सडक आवागमन रोकिएको छ । काठमाडौँ उपत्यका भित्रका सडक व्यवस्थापनमा अवरोध भएको भन्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।

कार्यालयका अनुसार अविरल वर्षाको कारण कुपनडोल पुल मुनि, बल्खु पुल मुनि, सानेपा कालो पुल, कुलेश्वर-सानेपा, टंकेश्वर-परोपकार, ढल्कु पुल, भत्केको पुल, रातो पुल, सेतो पुल, कालो पुलको बाटोमा अवरोध पुगेको भन्दै वैकल्पिक बाटो प्रयोग गर्न भनेको छ ।

यस्तै, गुहेश्वरी-गौरीघाट कोरिडोर, कपन, दक्षिणढोका ढलाने पुल, युएन पुल र खहरे खोला कोरिडोर लगायतका स्थानहरूमा पानीको बहाव बढेकोले ट्राफिक व्यवस्थापनमा अवरोध पुगेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =