व्यापारिक कम्प्लेक्सले पार्किङ शुल्क उठाउन पाउने, काठमाडौं महानगरको निर्णय कार्यन्वयन नगर्न आदेश

काठमाडौं महानगरभित्रका व्यापारिक कम्प्लेक्सले ग्राहकसँग शुल्क उठाउन पाउने भएका छन्।

पार्किङ शुल्क लिन नपाउने निर्णय महानगरले गरेपछि उच्च अदालत पाटनमा रिट परेको थियो। उच्च अदालतलृ महानगरको निर्णय कार्यन्वयन नगर्न आदेश दिएको हो।

उच्च अदालतका न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले सोमबार महानगरसँग लिखित जवाफ माग गर्दै उक्त निर्णय कार्यन्वयन नगर्न अल्म्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

कम्प्लेक्स डेभलपर लिजर एशोसिएसनले काठमाडौं महानगरपालिकालाई विपक्षी बनाएर रिट दायर गरेको थियो।

उच्च अदालतले साउन ३० गते दुवै पक्षलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 4 =