सुन तस्करी प्रकरणमा पक्राउ परेकामाथि अनुसन्धान गर्न सीआईबीले पायो सात दिन

सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सात दिनको समय पाएको छ।

आइतबार राजश्व अनुसन्धान विभागले बुझाएका १७ प्रतिवादीलाई सोमबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको हो।

जिल्ला अदालतले पहिलो पटक ७ दिनको म्याद दिएको हो। यसअघि राजश्व अनुसन्धान विभागले उच्च अदालतमा उपस्थित गराएर म्याद लिँदै आएको थियो।

सीआईबीले संगठित अपराधमा अनुसन्धान सुरु गरेसँगै उनीहरुलाई जिल्ला अदालतमा उपस्थित गराइएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =