बैंकको लकरमा गोली राख्नेलाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाउनु खेदजनक : बद्री पाण्डे

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले लुम्बिनी विकास कोषको उपाध्यक्षमा विवादित व्यक्ति ल्यारक्याल लामाको नियुक्तिप्रति विरोध जनाएका छन् । सरकारले आइतबार लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाएपछि सहमहामन्त्री पाण्डेले विरोध जनाएका हुन् ।

उनले आपराधिक गतिविधिमा मुछिएका व्यक्तिलाई लुम्बिनी विकास कोष जस्तो पवित्रस्थलको जिम्मेवारी दिन नहुने बताए । ‘शान्तिका अग्रदूत गौतम बुद्धको पावन जन्मथलो लुम्बिनीको चौतर्फी विकासका लागि गठित निकाय लुम्बिनी विकास कोषको उपाध्यक्षमा बैंकका लकरमा गोली राख्ने लगायत अनेक आपराधिक कृत्यमा मुछिएका व्यक्तिको नियुक्ति खेदजनक छ,’ संघीय सांसदसमेत रहेका पाण्डेले भने, ‘यस पकारको अत्यन्त अनुचित निर्णय तत्काल खारेज गरी संस्थाको मर्यादा मुताबिक कार्य सञ्चालन गर्नसक्ने सत्पात्रको नियुक्ति गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछु ।’

सरकारले कोषको उपाध्यक्षमा नियुक्ति गरेका लामा विवादमा मुछिएका व्यक्ति हुन् । उनीमाथि दोहोरो नागरिकता, वैदेशिक रोजगार, राहदानी लगायतका आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =