सुन तस्करीको छानबिन सीआईबीले गर्न सक्दैन – एमाले सांसद श्रेष्ठ

नेकपा एमालेका सांसद लीलानाथ श्रेष्ठले सुन तस्करी प्रकरणको छानबिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्न नसक्ने बताएका छन्।
उनले उक्त प्रकरणमा राष्ट्रिय, अन्तर्राष्ट्रिय गिरोह समावेश भएको भन्दै छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने बताए।
सुन तस्करी प्रकरणलाई सरकारले खेलाची गरिरहेको उनले बताए। उनले हालसम्म मुख्य मान्छेलाई समात्न नसकेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाए।
‘अस्ति राजश्व अनुसन्धानले चेक गरेको थियो। अहिले उच्चस्तरीय आयोग गठन गर्न माग गरिरहेका छौँ। एउटा राजस्वको उपसचिवले अर्थमन्त्रीलाई झिकाउन सक्छ? गृहमन्त्रीलाई सीआईबीले झिकाउन सक्छ? राष्ट्रिय, अन्तर्राष्ट्रिय गिरोह छ। क्विन्टलका क्विन्टल सुन आएको छ। ३२ चोटी आएकोमा २२ चोटी भनेको छ’, उनले भने, ‘यसमा त राष्ट्रिय, अन्तर्राष्ट्रिय गिरोह छ। हङकङ, चाइना लगायत देखिइरहेको छ। खेलाँची गरेर मजाक बनाइँदैछ। यसले अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि बिग्रिएको छ। सीआईबीले समाधान दिँदैन। त्यो सम्भव नै छैन। अविलम्व उच्चस्तरीय आयोग गठनको विकल्प छैन।’
उनले सरकारले प्रचारबाजी मात्रै गरिरहेको उल्लेख गर्दै प्रचारबाजी बन्द गरेर सबै प्रकरणहरुको ठिक ढंगले छानबिन गर्नुपर्ने बताए।









हो उच्छ स्तरिय जांचबुझ आयोग गठन हुनु पर्छ । यो सहि हो ! अनि आयोगमा को रहने एमाले, काग्रेस वा माओबादी नेता होईन यिनी प्रती कुनै बिश्वास् नै हुन्न ! यदि साच्चै आयोग नै बनाउने भय स्वतन्त्र रहेका प्रेम संजेल , सुरेन्द्र के.सि. जस्ता पात्र लाई बनाउन अनि पो उत्तम हुनेछ नत्र त उहीँ काले वा उहीँ कालू मिलेर खाउ …………?