सय किलो सुन प्रकरणमा पक्राउ परेकी भन्सार एजेन्ट रुक्मिना सुब्बालाई छाडियो

एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेकी भन्सार एजेन्ट रूक्मिना सुब्बा हाजिरी जमानीमा रिहा भएकी छन्।

सुब्बालाई बिहीबार परिवारका सदस्यको जमानीमा साधारण तारेखमा थुनामुक्त गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ।

रूक्मिनाका परिवारले उनी क्यान्सर रोगबाट पीडित रहेको र उनको उपचार जारी रहेकाले उपचारका लागि सहयोग गरिदिन विभागसँग आग्रह गरेका थिए।

यसअघि उच्च अदालत पाटनबाट थप १५ दिन हिरासतमा राख्न राजश्व अनुसन्धान विभागले अनुमति लिएको थियो।

तर बिरामी भएका कारण उनलाई भने छाडिएको हो। पक्राउ परेका अरु प्रतिवादीलाई भने थुनामै राखेर अनुसन्धान गर्ने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − two =