११ दिनअघि सामाखुसीबाट नालीले बगाएका बालककाे शव दक्षिणकालीमा फेला
२०८० साउन १८ गते

११ दिनअघि सामाखुसीबाट नालीले बगाएका बालककाे शव दक्षिणकालीस्थित बागमती खोलामा फेला परेकाे छ।
साउन ७ गते फुटसल खेल्न गएका १३ वर्षीय बालक विधान आलेमगर (साजन) नालीमा खसेका थिए।
बाढिआइरहेकाले उनलाई बगाएको थियो। त्यसलगतै खोजी सुरु गरेको प्रहरीले बिहीबार दक्षिणकाली नजिक खोलामा शव फेला पारेको काठमाडौं परिसरका प्रवक्ता एसपी कुमुद ढुंगेलले जानकारी दिए।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
२०८० साउन १८ गते
प्रतिक्रिया
सम्बन्धित








