मधेशमा पाँचौं पटक मन्त्रिपरिषद् विस्तार, २ मन्त्रीले लिए शपथ

काठमाडौँ । मधेश प्रदेशमा पाँचौँ पटक सोमबार मन्त्रिपरिषद् विस्तार भएको छ ।

मन्त्रिमण्डलमा जनमत पार्टीका चन्दन सिंह श्रम तथा यातायात मन्त्री नियुक्त भएका छन् । गृह तथा सञ्चार मन्त्रीमा नेपाली कांग्रेसका मोहम्मद समिम नियुक्त भएका छन् ।

दुवै मन्त्रीले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । जनाले पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन् ।

पार्टीले फिर्ता बोलाएपछि सोमबार नै मधेश प्रदेश सरकारमा जनमत पार्टीबाट बिनाविभागीय मन्त्री रहेका वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादवले पदबाट राजीनामा दिए थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *