नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको छ : अध्यक्ष यादव

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको बताएका छन् ।

आइतबार समाजवादी मोर्चा निकट विद्यार्थी सङ्गठनहरूले आयोजना गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष यादवले नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको बताएका हुन् । उनले नेपालको शिक्षा क्षेत्र अराजक र बेवारिसे भएको पनि बताए । उनले सरकारले लगानी गरेको विद्यालय, क्याम्पस र विश्वविद्यालयहरूमा पढ्ने विद्यार्थी नै पाउन छोडिसकिएको बताए । उनले देश प्रगतिको मुख्य आधार नै शिक्षा भएको उल्लेख गर्दै शिक्षा क्षेत्रमा आमूल परिवर्तनको आवश्यकता रहेको बताए ।

उनले भने ‘हामीले राजतन्त्रलाई अन्त्य ग¥यौँ । एकात्मक शासकीय प्रणालीलाई अन्त्य ग¥यौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल त भयौँ । तर शिक्षा क्षेत्र ध्वस्त भएको छ । नेपालमा सबभन्दा अगाडी ध्वस्त भएको, सबभन्दा बढी बरबाद भएको, सबभन्दा बढी अराजक भएको, सबभन्दा बढी बेवारिसे भएको कुनै क्षेत्र छ भने त्यो शिक्षा क्षेत्र नै छ । चाहे त्रिभुवन विश्वविद्यालयमा जानुस्, अन्त जानुस् । सरकारले लगानी गरेको स्कुलमा जानुस् । सरकारले चलाएको विश्वविद्यालय र क्याम्पसमा हेर्न जाने हो भने अब त विद्यार्थी पाउन पनि छोडिसक्यो । किन जानु त्यहाँ पढेर के हुन्छ रु मान्छेलाई विश्वास पनि भएन यति ध्वस्त भइसकेको छ । शिक्षा क्षेत्र ध्वस्त भएको नेपालको हालत चाहिँ के होला त रु जबकि प्रगतिको आधार नै शिक्षा हो । त्यसकारण शिक्षामा आमूल परिवर्तनको आवश्यकता छ । शिक्षाको सम्पूर्ण दायित्व राज्यले लिनुपर्छ । शिक्षा अधिकार हो । मानव विकासको आधार हो । यसको दायित्व राज्यले लिनुपर्छ । जनताको मौलिक अधिकार हो । समाजवादको पहिलो आधार अहिलेको युगमा सबैका लागि गुणस्तरीय राम्रो शिक्षा हो । र सबैको लागि रोजगार नै समाजवादको आधार हो । कुनै देशमा समाजवाद छ, छैन भन्ने नाप्ने आधार के भने त्यहाँ राम्रो शिक्षा समान रूपले सबैले पाएका छन् कि छैनन्, सबैले रोजगारी पाएका छन् कि छैनन् रु छ भने त्यो समाजवादको दिशातिर अगाडी बढेको मुलुक हो । छैन भने समाजवाद हुन सक्दैन ।’

उनले नेपालको संविधानमा समाजवाद उन्मुख लेखिएको भएपनि व्यवहार भने विकृत पुँजीवादको उन्मुख भएको बताए । त्यसै गरी सरकारको नीति, कार्यक्रम र बजेट कर्मचारीले बनाउने गरेको उल्लेख गर्दै उनले कर्मचारीले बनाएको नीतिको आधारमा समाजवाद नआउने बताए । उनले राजनीतिक व्यक्ति, समाजवादी चिन्तक र बौद्धिक वर्गहरूले देशको नीति, योजना र कानुन बनाउनुपर्नेमा जोड दिए ।

उनले भने ‘कर्मचारीले बनाएको नीतिको आधारमा समाजवाद आउँछ रु कर्मचारीले सरकारको नीति बनाउँछ, कर्मचारीले बजेट बनाउँछ, कर्मचारीले कानुन लेखिदिन्छ, हामी संसदमा थपडी बजाउँछौ र पास गर्दिन्छौँ । देश जतासुकै जाओस् केही मतलब छैन । यो स्थितिबाट मुक्त गरेर राजनीतिक व्यक्तित्वहरू, विचारकहरू, बौद्धिक वर्गहरू बसेर, समाजवादी चिन्तकहरू बसेर मुलुकलाई कुन दिशामा जाने हो, त्यही अनुसार नीति, कार्यक्रम, कानुन र योजना बनाएर अगाडी बढाउनुपर्ने बेला हो । ब्युरोक्रेसीको भरमा समाजवादको कल्पना गर्न सकिँदैन । परिवर्तन यहाँनिर आवश्यकता छ ।’

उनले गुणस्तरीय शिक्षा दिने मुलुकहरूले नै प्रगति गर्ने भन्दै गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =