यसरी हुँदैछ सुनको धुलोमा प्राकृतिक गमको प्रयोग गरी ‘प्रज्ञापारमिता’को पुनर्लेखन (तस्बिरहरू)

काठमाडौँ । ललितपुरको हिरण्यवर्ण महाविहारमा दैनिक रूपमा वाचन गरिने प्रज्ञापारमिता (बुद्ध धर्म ग्रन्थ)को जीर्णोद्धार तथा पुनर्लेखन कार्य सञ्चालन भइरहेको छ । हरेक ३/३ मा आउने मलमास वा पुरुषोत्तम मासको एक महिना अवधिभर सो कार्य सञ्चालन गर्ने गर्दछ ।

बौद्ध धर्मको महायान सम्प्रदायसँग सम्बन्धित सो ग्रन्थमा बुद्धत्व प्राप्तिका सिद्धान्तहरू र भगवान् बुद्धसँग सम्बन्धित विभिन्न प्रसंगहरु समावेश रहेको लेखन कार्यमा संलग्न हेमरत्न बज्राचार्यले बताए । सुनको धुलोमा प्राकृतिक गमको प्रयोग गरी प्रज्ञापारमिताको जीर्णोद्धार भइरहेको हो ।

३०० पेज र ८ हजार श्लोक रहेको सो प्रज्ञापारमितालाई अष्टश्राशिका समेत भनिने गरिन्छ । खाना खाए पश्चात् लेख्न नहुने भएकाले दैनिक ८ः३० देखि ११ः३०, १२ बजेसम्म लेखन कार्य गरिन्छ । सो कार्यमा हेमरत्न बज्राचार्यसँगै अन्य ६ जना सुरेश बज्राचार्य, अष्टमान शाक्य, सुदन शाक्य, किरण शाक्य, दिनेश शाक्य र सुमेद शाक्यको सहभागिता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =