रोल्पामा विषालु च्याउ खाँदा एक महिलाको मृत्यु

रोल्पामा विषालु च्याउ खाँदा एक महिलाको मृत्यु भएको छ।

लुङ्ग्री गाउँपालिका ५ बुझिङकी २६ वर्षीया बिमला बिकको शनिबार मृत्यु भएको हो।

विषालु च्याउ खाएर बिरामी भएकी उनको बुटवलस्थित लुम्बिनी सिटी हस्पिटलमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक प्रकाश भुसालले बताए।

गत असार २६ गते बिषालु च्याउ खादा बिमलासँगै उनको परिवारका चार जना बिरामी परेका थिए। बिमलाको अवस्था जटिल बनेपछि थप उपचारको लागि असार ३१ मा लुम्बिनी सिटी हस्पिटल पुर्‍याइएको थियो ।

रोल्पामा बिषालु च्याउ खाएर एक महिनामा चार जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =