चिडियाखानामा सटल बसको व्यवस्था गर्दै ललितपुर महानगरपालिका

ललितपुर महानगरपालिकाले जावलाखेलस्थित सदर चिडियाखानामा सटल बसको व्यवस्था गर्ने भएको छ ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई सो चिडियाखानामा दृश्यावलोकन गर्नका लागि सहज होस् भन्ने उद्देश्यका साथ आफूले सटल बसको व्यवस्था छिट्टै गर्ने घोषणा गरेका हुन् । विश्व बाघ दिवसको अवसर पारेर शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले १४-१५ सिटको हुने सो बस घुमी रहने र ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूलाई चिडियाखानाको दृश्य दोहो¥याई, तेहे¥याई हेर्ने गरी आवश्यक व्यवस्था मिलाउने बताए । त्यसैगरी मेयर महर्जनले सो चिडियाखाना अगाडि चालु आर्थिक वर्ष भित्रै टाइगर गेट बनाउने प्रतिबद्धता समेत व्यक्त गरे । धेरै वर्ष पहिले त्यहाँ रहेको टाइगर गेट भत्काउने काम भएकाले आफूले त्यसलाई पुनः बनाउन लागेको उनको भनाई थियो ।
मेयर महर्जन भन्छन्, ‘यो विषयवस्तु चाहिँ कार्यान्वयन नै नगरोस् भन्ने मेरो भनाई रह्यो कि यो जुलाई सूर्य विनायकमा सार्ने भन्ने आज भन्दा ३५-४० वर्ष अघिदेखि कुरा गरिएको थियो । त्यो चाहिँ कार्यान्वयन भएको छैन । नहोस् पनि । यो चाहिँ मैले विशेष अनुरोध गरेँ । हामीले जुलाई ओन गर्न सक्नुपर्दछ भन्ने मेरो भनाई रह्यो । यो भन्दै गर्दाखेरी ललितपुर महानगरपालिकाले यो जुलार्ई ओनरसिप लिने सन्दर्भमा म मेयर भएको पहिलो वर्षको ३-४ महिनामै होला । त्यहाँ बाहिर ठूल्ठूलो स्वरमा कन्सर्टहरु गर्दथ्र्यो । मध्यरात सम्म पनि गर्दथ्यो । अनि, यहाँ बाघहरूलाई सुत्न त महाभारत नै हुन्थ्यो । तसर्थ मैले त्यो रोकिदिए । त्यो बेलादेखि अहिले चाहिँ बाघ–भालु आनन्दले सुत्छन् । यसमा मेरो दुईवटा कमिटमेन्ट छ । एउटा भनेको चाहिँ पहिला जावलाखेल छिर्दाखेरी हाम्रो त्यहाँ भक्तराज राजकर्णिकारको हलुवाई पसलहरु छ । त्यहाँ भन्दा अगाडि दुई वटा गेट थियो । त्यसलाई हामी टाइगर गेट भन्थ्यौं । एकदमै चिटिक्क परेको गेट, त्यसमा माथि दुई वटा टाइगर बसेको । त्यो भत्कियो वा भत्काइयो । त्यसपछि त्यसलाई बनाइएन । यो वर्ष हामी त्यो टाइगर गेट बनाउँदछौँ । जसले यो चिडियाघरको रिफलेक्सन गर्छ । अर्को कुरा चाहिँ मैले चाहिँ बोलेपछि गर्नैपर्छ । गर्न पाइएन भने रिस उठ्छ । यहाँ चाहिँ ज्येष्ठ नागरिकहरू चिडियाघरमा आउँदा खेरी अथवा अपांगता भएका व्यक्तिहरू चिडियाघरमा आउँदा खेरी उहाँहरूले दृश्यावलोकन गर्न राम्रोसँग हेर्न सकुन् भन्नका लागि एउटा सटन बसेको चाहिँ म व्यवस्थापन गर्न गइरहेको छु । त्यो चाहिँ लगभग १४÷१५ सिटको त्यो चाहिँ घुमी रहन्छ । उसले बाघको सेक्सनमा पुग्यो, ओर्लेर बाघ हे¥यो । अर्को ठाउँमा गयो, अर्को हे¥यो । त्यो दोहो¥याई, तेह¥याई हेर्न पाउने गरी बसको व्यवस्थापन म निकट भविष्यमै गर्न गइरहेको छु ।’
कार्यक्रममा मेयर महर्जनले सो चिडियाखाना भित्रको पोखरी संरक्षणमा पनि आफूले सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषले मेयर महर्जनलाई वातावरण संरक्षणको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएकोमा सम्मान गरेको थियो ।









