तारकेश्वरबाट ‘टु ट्वान्टी’ चोर्ने २६ वर्षीय दिनेश दुई महिनापछि पक्राउ

काठमाडौँ । काठमाडौंको तारकेश्वर नगरपालिका-५ गुम्बाबाट शुक्रबार चोरीको मोटरसाइकलसहित १ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा काठमाडौंकै गोलढुंगा बस्ने गोरखाको पालुङटार नगरपालिका-१ का २६ वर्षीय दिनेश गिरी रहेका छन् ।

गत वैशाख १७ गते मनमैजुबाट प्रदेश ३-०२-०१० प ७० ८० नम्बरको पल्सर मोटरसाइकल हराएको भनी धादिङका बलराम श्रेष्ठले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए । खोजी गर्ने क्रममा परिवर्तित प्रदेश ३- ०२-०११ प ४५ ९१ नम्बर राखेर मोटरसाइकल चलाइरहेको अवस्था गिरीलाई हिजो यस कार्यालयको पीडित सहायता इकाइबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

गिरीलाई थप अनुसन्धान तथा कारबाहीका प्रहरी वृत्त बालाजु पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + six =