सशस्त्रका ५ इन्स्पेक्टर डिएसपीमा बढुवा (नामसहित)
२०८० साउन १३ गते

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका पाँच जना सशस्त्र प्रहरी निरीक्षकहरू सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा भएका छन् ।
गृह मन्त्रालयका सचिवस्तरको बिहीबारको निर्णयबाट उनीहरूलाई डीएसपीमा बढुवा गरिएको हो ।
बढुवा हुनेमा प्रमोदबाबु थापा, तुलसिंह केसी, सन्तोषकुमार चन्द, दिवाकर राउत र राजेशकुमार सिंह रहेका छन् ।
२०८० साउन १३ गते
प्रतिक्रिया
सम्बन्धित








