नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा अनुराग गोयल, नयाँ बोर्ड गठन

काठमाडौँ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईइएफ) को अध्यक्षमा अनुराग गोयल चयन भएका छन् । मञ्चको वार्षिक साधारण सभाले सन् २०२३/२०२४ का लागि गोयलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।
मञ्चको बिहीबार काठमाडौँमा भएको वार्षिक साधारण सभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको सुदृढीकरणमा उद्यमीहरूको महत्वपूर्ण भूमिमा रहेको बताए । स्थापित युवा उद्यमीहरूलाई उद्यम बन्ने  नविनतम सोच  राखेका युवाहरूसँग सहकार्य गर्दै अगाडि बढाउन आग्रह पनि गरे ।
मुलुकको विद्यमान अर्थतन्त्र सुधारका लागि आफूले सक्दो प्रयास गरिरहेको बताउँदै उनले अर्थतन्त्र सुधारका पूर्ण प्रतिबद्धताका साथ काम गरिरहेको बताए । नेपाल उद्योग परिसंघका प्रेसिडेन्ट एमिरेट्स विनोद चौधरीले नयाँ सोच, योजना, लक्ष्य लिएर अगाडि बढेका युवालाई थोरै मात्र भएपनि प्रोत्साहन गर्दा उद्यमशीलताको विकासमा महत्वपूर्ण योगदान हुने बताए ।
उनले उद्यमशीलताका माध्यमबाटै देशको आर्थिक विकास हुने भएकाले युवाहरूलाई प्रोत्साहन गर्ने नीति लिन आग्रह गरे । यसैगरी परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले देशमै केही गर्न सकिन्छ, विदेश जान आवश्यक छैन भन्ने स्थापित गर्न युवाहरूलाई नीतिबाटै सहजीकरण, प्रोत्साहनको आवश्यकता रहेको बताए । देशमा रोजगारी बढाउन, औद्योगीकरणको विकास गर्दै समग्र आर्थिक विकासका लागि युवा उद्यमीहरूलाई प्रोत्साहन गरिनुपर्नेमा उनले जोड दिए ।
परिसंघका उपाध्यक्ष एवं मञ्चका कन्भेनियर रोहित गुप्ताले मञ्चले उद्यमशीलता विकास, स्टार्टअपको प्रबद्र्धनमा केन्द्रित रहेर काम गर्दै आएको बताए । उनले राज्यले नवप्रवर्तन, युवा उद्यमीहरूलाई सहजीकरण गरिदिने हो भने देशमा केही गरौँ भनेर लागेका युवा उद्यमीहरूलाई प्रोत्साहन मिल्ने बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 3 =