खुला प्रतिस्पर्धाको माग राख्दै कालीमाटीमा धर्ना (तस्बिरहरू)
२०८० साउन १२ गते

काठमाडौँ । राष्ट्रिय किसान सञ्जालले कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको कार्यालयमा धर्ना दिएको छ । सञ्जालले बिहीबारदेखि सुरु गरेको धर्ना आज पनि जारी राखेको हो ।
उनीहरूले बिना प्रतिस्पर्धा भाडामा दिने सम्झौता खारेज गर्न, बजारको सटर र स्टलहरू खुला प्रतिस्पर्धामार्फत भाडामा लगाउन माग गर्दै धर्ना दिएका हुन् । नेपाल किसान महासंघका अध्यक्ष गणेशचन्द्र तिमल्सिनाले कृषि क्षेत्रको आन्दोलन सुरु भएको बताए । सरकारले किसानको हक हितविरुद्धका नीतिहरू बनाउँदै गए आन्दोलन झनै चर्काउने उनको चेतावनी छ ।
उनीहरूले बिना प्रतिस्पर्धा भाडामा दिने सम्झौता खारेज गर्, बजारको सटर र स्टलहरू खुला प्रतिस्पर्धामार्फत भाडामा लगाइयोस्, बजार विकास समितिमा ५० प्रतिशत किसान प्रतिनिधि सुनिश्चित गर् लगायतका प्लेकार्ड र नारासहित विरोध प्रदर्शन गरेका छन् ।

२०८० साउन १२ गते
प्रतिक्रिया








