कहाँ गए यी २२ प्रहरी, सात दिनभित्र सम्पर्कमा आउन निर्देशन 

काठमाडौँ । नेपाल प्रहरीको विभिन्न पदमा रहेका २२ जना प्रहरी कार्यालयको सम्पर्कमा नरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उसले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै सात दिनभित्र कार्यालयको सम्पर्कमा आउन आग्रह गरेको हो ।

गैरहाजिरी हवलदार प्रेमराज दुरा, पाँच प्रहरी सहायक हवलदारहरू सुनिता महर्जन,सरू कार्की, कृष्णदेव चौहान, धर्मेन्द्र सिंह र मेष बहादुर राना छन् । त्यस्तै, १६ जना प्रहरी जवान पनि कार्यालयको सम्पर्कमा छैनन् ।

प्रहरीले प्रकाशित गरेको सूचना अनुसार सन्जिव देवकोटा, अर्मिला डिसी, सोनाम लामा, कविता पौडेल, पूर्ण पौडेल, अनिल कार्की, नरेन्द्र कुमार साह, रामकुमार याक्सो, वसन्त कुमार यादव, अमरनाथ पासवान, सुनिल टोमाटा, महेन्द्र थापा, किरण कुँवर, सूर्य मगर, अमित कार्की र विपिन विक्रम विष्ट छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =