कांग्रेस केन्द्रीय समितिका निर्णय यी ५ नेताले लेख्ने
२०८० साउन ९ गते

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकका निर्णय लेख्न पाँच नेतालाई जिम्मेवारी दिएको छ।
मंगलबार साँझ सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेतालाई जिम्मेवारी दिइएको हो।
महामन्त्रीसँगै नेता रमेश लेखक, प्रवक्ता प्रकाशशरण महत र प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जिम्मेवारी पाएका हुन्।
साउन २ गतेदेखि सुरु केन्द्रीय कार्यसमिति बैठक भोलि सकिँदैछ । बैठकमा उठेका प्रश्नको जवाफ दिएर भोलि ४ बजे बैठक समापन गर्ने तयारीमा सभापति देउवा छन्।
२०८० साउन ९ गते
प्रतिक्रिया
सम्बन्धित








