दाउरा बटुल्दै गरेकी महिलालाई बाढीले बगायो

दानव खोलाको बाढीले बगाएर एक महिला बेपत्ता भएकी छन्। दाउराको जोहो गर्न खोला किनार गएकी ३५ वर्षीय मालती यादव बेपत्ता भएको प्रहरीले जनाएको छ।

रुपन्देहीको सम्मरीमाई गाउँपलिका–७ हर्दी घर भएकी यादवले बाढीले बगाएर ल्याउँदै गरेको दाउरा संकलन गर्दै गर्दा खुट्टा चिप्लेर खोलामा बेपत्ता भएको पारिवारिक स्रोतको भनाइ छ।

आज बिहान ११ बजेदेखि खोलाको बाढीमा हराइरहेकी यादवको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक दीपेश खरेलले बताए। रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =