देउवालाई गगनले बुझाए १३ बुँदे धारणा, खाँणलाई निलम्बन गर्न माग
२०८० साउन ८ गते

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई १३ बुँदे लिखित धारणा बुझाएका छन्।
सोमबारको केन्द्रीय समिति बैठकको अन्तिममा थापाले सभापति देउवालाई आफ्नो लिखित मत भन्दै १३ बुँदे धारणा बुझाएका थिए।
महामन्त्री थापाले बुझाएको धारणामा नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल पुर्पक्षका लागि केन्द्रीय कारागारमा रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई पार्टीबाट निलम्बन गर्न माग गरेका छन्।
देउवा पक्ष खाँणलाई तत्कालै निलम्बन गर्ने पक्षमा छैन। तर थापासहितका नेताले भने सुरु देखि नै यस्तो गम्भीर मुद्दामा मुछिएको व्यक्तिलाई निलम्बन गर्नुपर्ने बताउँदै आएका छन्।
यस्तो छ गगन थापाको धारणाः


२०८० साउन ८ गते
प्रतिक्रिया
सम्बन्धित








