सुन प्रकरणमा थप व्यक्तिलाई पक्राउ गर्न राजश्व अनुसन्धान विभागले लियो जरुरी पक्राउ पुर्जी
२०८० साउन ४ गते

सय किलाे सुन प्रकरणमा थप व्यक्तिलाई पक्राउ गर्न राजश्व अनुसन्धान विभागले जरुरी पक्राउ अनुमति लिएको छ।
राजश्वले उच्च अदालत पाटनबाट थप व्यक्ति पक्राउ गर्न अनुमति लिएको हो। यसअघि पक्राउ परेका ६ जनालाई १० दिन हिरासतमा राख्न अनुमति पनि राजश्वलाई उच्च अदालतले दिएको छ।
बुधबार बिहान विमानस्थल परिसरबाट ट्याक्सीमा बाहिर लैजाँदैगर्दा करिव एक सय किलो सुन पक्राउ परेको थियो।
पक्राउ परेको सुन बिहीबार नेपाल राष्ट्र बैंक अन्तर्गतको टक्सार महाशाखामा लगी जोखिएको छ। तर सुनको एकिन परिमाण भने आइसकेको छैन। बट्टासहित जोख्दा १५५ केजी देखिएको छ।
२०८० साउन ४ गते
प्रतिक्रिया
सम्बन्धित








