राष्ट्रपति पौडेलद्वारा अर्थसम्बन्धी तीन वटा विधेयक प्रमाणीकरण
२०८० साउन ४ गते

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् ।
बिहीबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै राष्ट्रपति पौडेलले गत असार ३१ गते ‘विनियोजन विधेयक, २०८०’, ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ प्रमाणीकरण गरेको बताएका हुन् ।
सङ्घीय संसदको दुवै सदनबाट पारित भएका विधेयकहरू राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुनको रूपमा कार्यान्वयनमा जाने संवैधानिक व्यवस्था छ ।
२०८० साउन ४ गते
प्रतिक्रिया
सम्बन्धित








