त्रिभुवन विमानस्थलबाट करिब १०० किलो सुन बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १०० किलो सुन बरामद भएको छ ।

राजश्व अनुसन्धान विभागको टोलीले उक्त परिणाममा सुन बरामद गरेको महानिर्देशक नवराज ढुंगानाले बताए।

राजश्व अनुसन्धान कार्यालयले दैनिक एक सय किलो सुन भित्रिरहेको सूचनाका आधारमा अनुसन्धान अगाडी बढाएको जनाएको छ।

क्याफे प्यासिफिकको उडानबाट हङकङ हुँदै आएको ८० देखि १०० किलो सुन भन्सारको गेटबाहिरबाट राजश्वले बरामद गरेको जनाएको छ।

सुन मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर ल्याइएको थियो। थप अनुसन्धान भइरहेको छ।

नेपालमा हालसम्म बरामद भएको यो नै सबैभन्दा ठूलो परिणाम हाे।

हङकङबाट आएको सुन भारततर्फ तस्करी गरेर लैजान लागिएको आशंका गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 6 =