रविको प्रश्न- रास्वपालाई गाली गर्नेहरू छातीमा हात राखेर भन्नुहोस्, यतिबेला बहस के’मा हुनुपर्थ्यो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गम्भीर विषयलाई नजरअन्दाज गरेर विषयान्तर गर्न खोजेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमा लामो स्टाटसले लेख्दै गम्भीर विषयलाई विषयान्तर गर्न खोजेको आरोप लगाएका हुन् ।

उनले कयौँले जानाजान बुझ पचाएको आरोप लगाएका छन् । ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, ८० को दफा ६४ ले के भन्दै छ, पढ्नुस् त । यस्तो गम्भीर विषयलाई विषयान्तर गर्न खोजेर अरू नै विवादतिर जबरजस्ती मोड्न खोजेको कयौँले बुझ्नै भ्याउनु भएको छैन,’ सभापति लामिछानेले भनेका छन्, ‘कयौँले जानाजान बुझ पचाउनु भएको छ । हामीले के बोल्यौँ त्यो अझै सुरक्षित छ । त्यसमा बहस अझै गरौँला । तर, यो संशोधनलाई ध्यान दिएर हेर्नुस् त ।’

रास्वपाले संसद् घेराउ गरेको विषयलाई लिएर अनावश्यक गाली नगर्न पनि उनले आग्रह गरे । ‘राजनीतिको मूलधारमा आएमा हिंसात्मक गतिविधि माफी हुने र जुन सुकै तहको अदालतमा विचाराधीन भए पनि मुद्दा फिर्ता हुने प्रावधान कुन–कुन दल र त्यस दलका नेता कार्यकर्ताहरूलाई स्वीकार्य हुने हो ? स्पष्ट हुनु पर्छ कि पर्दैन ?,’ उनले अगाडि भने, ‘रगत उम्लिने गरी रास्वपा र हाम्रा नेतालाई गाली गर्नु हुने देश भक्त साथीहरू तथा विज्ञप्ति, मिडिया इन्टरभ्यु र आर्टिकलहरू ठेलिरहनु भएका विज्ञज्युहरु, छातीमा हात राखेर भन्नुहोस्, यति बेला बहस के’मा हुनुपर्थ्यो ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *