काठमाडौंको बालाजुमा बाबुबाट नाबालिग छोरी बलात्कृत, अदालतमा मुद्दा दर्ता
२०८० साउन २ गते

काठमाडौंको बोहराटारमा आफ्नै बुबाले नाबालिग छोरीलाई बलात्कार गरेको खुलेको छ। काठमाडौं महानगरपालिका १६ बोहराटारस्थित डेरा बस्ने दुई छोराछोरीका बाबुले बलात्कार गरेको भन्दै आमाले जाहेरी दिएकी थिइन्।
प्रहरीले अनुसन्धान सकेर मुद्दा अदालत पुगेको छ। जिल्ला सरकारी वकिल कार्यालयले हाडनाता करणीमा बाबुविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
करिव ५ वष्र्या पहिले श्रीमान श्रीमती छुट्टिएर बस्दै आएका थिए। तर दुई छोराछोरी भने बाबुसँगै बस्दै आएका थिए। जेठ २७ गते राति १५ वर्षीय छोरा साथीको घर गएको मौकामा रक्सी खाएर आएका बाबुले बलात्कार गरेको अभियोग पत्रमा उल्लेख छ।
पीडित नाबालिगले भने यसअघि पनि आफूलाई बाबुले पटक पटक बलात्कार गरेको र यो कुरा कसैलाई नभन्न र भने ज्यान मार्ने धम्की दिएको बताएकी छन्।
२०८० साउन २ गते
प्रतिक्रिया
सम्बन्धित








