पोखराका मान्छेलाई मोरङको भनेर नागरिकता दिलाउने २ जना कारागार चलान

पोखराका तीन युवाको झुटो विवरण पेश गरेर नागरिकता बनाइदिने २ जनालाई जिल्ला अदलात मोरङले कारागार चलान गर्न आदेश दिएको छ।

२०७८ माघ २४ गते जिल्ला प्रशासन कार्यालयबाट नागरिकता दिलाएका मोरङको बेलबारी नगरपालिका ११ बस्ने भनि ताप्लेजुङ मैवाखोला गाउँपालिका ४ घर भई हाल मोरङ लेटाङ बस्ने ६१ वर्षीय सुर्यहाङ लिम्बु र सुनसरीको धरान उपमहानगरपालिका ११ बस्ने ६० वर्षीय सुर्यबहादुर फ्याङ्ग लिम्बु जेल चलान भएका हुन्।

उनीहरूको योजना अनुसार सुर्यहाङ लिम्बु बाबु भई कास्कीको पोखरा महानगरपालिका वडा नं १० स्थायी घर भएका रविन गुरूङ, जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं १२ बस्ने बर्ष १९ को प्रशान्त मगर र जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं १६ बस्ने बर्ष २९ को गणेश गुरूङको झुठा विवरण पेश नागरिकता लिएको खुलेको छ।

उनीहरुले नाम समेत परिवर्तन गरेर नागरिकता लिएको खुलेको छ। सुरज लिम्बु, साजन लिम्बु र सविन लिम्बुको नाममा झुठो नागरिकता बनाएको कसूरमा सुर्यहाङ लिम्बु र सुर्य बहादुर फ्याङ्ग लिम्बुलाई प्रहरीले पक्राउ गरेको थियो।

अनुसन्धान पश्चात मोरङ जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले २०८० साउन १ गते पुर्पक्षको लागि कारागार चलान भएको मोरङ प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =